+
+
Shares

मेरै सरकारको पालामा महंगीले अग्रगामी छलाङ लगायो : रास्वपा सांसद प्रसाईं

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले प्रतिनिधिसभामा महंगीले अग्रगामी छलाङ लगाएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।
  • उनले प्याज, चिनी, चामल र तेलको भाउ बढेकाले सर्वसाधारण मारमा परेको भन्दै कालोबजारी नियन्त्रण गर्न उद्योगमन्त्रीलाई आग्रह गरे ।
  • प्रसाईंले नवनिर्वाचित उद्योगमन्त्रीलाई शुभकामना दिँदै बजार उदण्ड भएको टिप्पणी गरेका छन् ।

३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले आफ्नै सरकारको पालामा महंगीले अग्रगामी छलाङ लगाएको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।

‘एकातिर देश विपद्ले छटपटाइरहेका बेला अर्कोतिर बजार उदण्ड भयो । र मेरै सरकारको पालामा महंगीले अग्रगामी छलाङ लगायो,’ उनले प्रतिनिधिसभाको बैठममा भने ।

प्याज, चिनी, चामल, तेल हरेक चीजको भाउ बढेको भन्दै उनले थपे, ‘चिल्ला गाडी चढ्नेहरूलाई फरक पर्दैन । तर हामी जस्ताको त ढाढ सेकियो त ।’

नवनिर्वाचित उद्योगमन्त्रीलाई शुभकामना दिँदै उनले कालो बजारी नियन्त्रण गर्ने गरी काम गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?