२२ असार, काठमाडौं । कर्णाली दुर्घटना र त्यसको उद्धारबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले समेत गृहमन्त्री सुधन गुरुङसँग जवाफ माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कर्णालीमा भएको सवारी दुर्घटनामा कम ध्यान दिएको भनेर ध्यानाकर्षण गरे ।
यो विषयमा सत्तारुढ दल रास्वपाका सांसद रमेश प्रसाईं पनि बोले ।
‘हालसालै जुन दुर्घटना कर्णाली राजमार्गम भयो । सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन ?’ प्रसाईंले भने, ‘के मान्छे भिरमा अड्किएर हार गुहार गरेको र विपक्षी मित्रहरूले भने जस्तै लापरबाही भएको साँचो हो ?’
यो विषयमा उनले गृहमन्त्रीसँग जवाफ माग गरेका हुन् । उनले भनेका छन्, ‘भविष्यमा कर्णाली राजमार्गम यस्ता दुर्घटना दोहोरिन नदिन सरकारसँग दीर्घकालीन योजनाहरू के के छन् ? गृहमन्त्रीले यो रोष्ट्रममा उभिएर उत्तर दिनैपर्छ ।’
नागरिकको जीवनसँग जोडिएको विषयमा आफूहरू सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठ्नुपर्छ भन्दै उनले सभामुखलाई समेत तत्काल रुलिङ गर्न माग गरे ।
प्रतिक्रिया 4