+
+
Shares

रास्वपा सांसद प्रसाईंको प्रश्न : केले रोक्यो दुई तिहाइको सरकारलाई ?

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले चुनावका बेला आफूहरूले नो लाइन, अनलाइन भनेर गरेको भाषण सम्झिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद रमेश प्रसाईंले चुनावका बेला गरिएको ‘नो लाइन, अनलाइन’ को भाषण सम्झिँदा आफूलाई लाज लागेको प्रतिनिधिसभा बैठकमा बताएका छन् ।
  • जनता ग्याँसका लागि रातभर लाइन बस्नुपरेको भन्दै उनले प्रधानमन्त्री र मन्त्रीको क्वाटरमा ग्याँसको अभाव छ कि छैन भनी प्रश्न गरेका छन् ।
  • उनले जनताले चिल्ला अनुहार नभएर नयाँ चरित्र र संस्कार खोजेको भन्दै कालोबजारी गर्नेलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् ।

२२ साउन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले चुनावका बेला आफूहरूले नो लाइन, अनलाइन भनेर गरेको भाषण सम्झिएका छन् ।

‘कहिलेकाहीँ म कन्फ्युज हुन्छु । मेरै गालामा मेरै चड्कन । मैले चुनावताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामीले सरकारी कार्यालयहरूमा नो लाइन, रास्वपाको पालामा वान्ली अनलाइन भनेर आफैँले गरेको भाषण सम्झिँदा …’ उनले शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने ।

अनि पूरानो भाषण सम्झिँदा लाज लागेको बताए । ‘आज जनता भात पकाउने ग्याँसका लागि दिनभर, रातभरि, मध्यरातसम्म लाइन बसेको दृश्यले मलाई साच्चिकै लाज लागेको छ’ उनले भने ।

ग्यासको अभाव देशैभरी रहेको भन्दै उनले सोधे, ‘मेरो प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ कि छैन ?’

यदि कृत्रिम अभाव सिर्जना भएको हो भने किन कारबाही नगरेको भन्ने उनको प्रश्न छ । ‘ग्यास ह्वारह्वारर्ती आएर पनि कालोबजारी भएको हो भने ति कालोबजारी गर्नेलाई कठोर दण्ड दिन केले रोकेको छ दुई तिहाइको सरकारलाई ?’ उनको प्रश्न छ ।

यी प्रश्न गर्दै उनले जनताले नयाँ सरकार नभएर नयाँ संस्कार चाहेको बताए । उनले भनेका ‘चिल्ला ह्यान्सम नयाँ अनुहार खोजेको होइन । नयाँ चरित्र खोजेको हो । जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?