+
+
Shares

कांग्रेस महाधिवेशनमा १९ जना कानुन व्यवसायी महिला निर्वाचन अधिकृत

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनलाई महिलामैत्री बनाउन १९ जना कानुन व्यवसायी महिलालाई निर्वाचन अधिकृत बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १७:१७

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनलाई महिलामैत्री बनाउन १९ जना कानुन व्यवसायी महिलालाई निर्वाचन अधिकृत बनाएको छ ।

समितिले बिहीबार सानेपामा पत्रकार सम्मेलन गरेर महाधिवेशन महिलामैत्री होस् भन्ने उद्देश्यले निर्वाचन अधिकृतमा १९ जना कानुन व्यवसायी महिलालाई खटाएको हो ।

अधिवेशनका लागि निर्वाचन समितिले काठमाडौं उपत्यकाअन्तर्गत पर्ने १५ निर्वाचन क्षेत्रमा १८ र उपत्यकाबाहिर एक जनालाई निर्वाचन अधिकृतका रुपमा खटाइएको जानकारी दिएको छ ।

कांग्रेसले ३ र ४ असोजमा १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनको मिति निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?