News Summary
Generated by OK AI. Editorially reviewed.- भोलि कन्या संक्रान्ति अर्थात १७ सेप्टेम्बरमा विश्वकर्मा पूजा मनाइँदैछ, र काठमाडौंका विभिन्न ठाउँमा विश्वकर्माका मूर्ति साजसज्जा गरिएको छ।
- विश्वकर्मा पूजा नेपाल र भारतमा उद्योग, कलकारखाना, मेसिन, कलाकार, शिल्पकार, व्यापारी र मजदुरले उल्लासपूर्ण तरिकाले मनाउँछन्।
- विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकार मानिन्छ, र ऋग्वेदमा उनको वर्णन ११ ऋचामा गरिएको छ।
३१ भदौ, काठमाडौं । भोलि विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात १७ सेप्टेम्बरमा विश्वकर्मा पूजा गरिन्छ ।
यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ ।
नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् ।
यसैबीच काठमाडौंका विभिन्न ठाउँमा विश्वकर्माका मूर्तिहरू साजसज्जा गरिएको छ ।

विश्वकर्मा भगवान को हुन् ?
भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए ।
विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे ।
भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ ।
उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् ।
तस्वीरहरू–









प्रतिक्रिया 4