News Summary
Generated by OK AI. Editorially reviewed.- चिलिमे जलविद्युत् आयोजनाको टनेलबाट मंगलबार थप चार शव र एक मानव अंग फेला परेको नेपाली सेनाले जनाएको छ।
- भदौ १० गतेको बाढीपछि टनेलमा फसेका र सम्पर्कविहीनको खोजीका क्रममा शव तथा अंग नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ।
- चिलिमे आयोजनाले अझै एक जना बेपत्ता रहेको बताउँदै नेपाली सेना, भारतीय सेना, सशस्त्र प्रहरीलगायतको खोजी जारी रहेको जनाएको छ।
३१ भदौ, काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको टनेलबाट थप चार जनाको शव र एक मानव अंग फेला परेको छ ।
नेपाली सेनाका अनुसार, टनेलको ‘ब्रेक थ्रु’ गरी अन्तिम किनारासम्म खोजी गर्ने क्रममा मंगलबार चार वटा शव र एक मानव अंग फेला परेको हो ।
फेला परेका शव तथा मानव अंगलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ । यसअघि भदौ १५ गते पनि टनेलबाट एक शव र एक मानव अंग फेला परेको थियो ।
२२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजनामा गत भदौ १० गते आएको बाढीका बेला ६ जना कार्यरत रहेको अनुमान गरिएको थियो ।
बाढीका बेला आयोजनाको साइट कार्यालयमा ७१ जना कार्यरत रहेकामा अधिकांश सुरक्षित स्थानतर्फ जान सफल भएका थिए ।
बाढीपछि आयोजनाको टनेलमा फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोजीका लागि नेपाली सेनासहितका सुरक्षा निकायले उद्धार तथा खोजी अभियान सञ्चालन गर्दै आएका छन् ।
६ जना फसेकोमा अझै १ जना बाँकी रहेको खोजी कार्य जारी रहेको चिलिमे आयोजनाले जनाएको छ ।
नेपाली सेना, भारतीय सेना, सशस्त्र प्रहरी, चिलिमे जलविद्युत् आयोजना, नेपाल विद्युत प्राधिकरण लगायतका सरोकारवाला निकायबाट खोजी कार्य जारी रहेको छ ।
प्रतिक्रिया 4