+
+
Shares

१८ वर्षअघि गर्भवतीको मृत्यु प्रकरणमा एक महिला पुर्पक्षका लागि थुनामा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते ८:३२

१ असोज, स्याङ्जा । स्याङ्जाको साविक छाङछाङदी गाविसमा १८ वर्षअघि गर्भवती महिलाको मृत्यु भएको घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दामा एक जना प्रतिवादी पुर्पक्षका लागि थुनामा गएकी छन् भने अर्की धरौटीमा छुटेकी छन् ।

साविक छाङछाङदी गाविस–६ की सञ्जु लामिछाने रेग्मीको २०६५ असोज ३ गते गर्भवती अवस्थामा मृत्यु भएको घटनामा  कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो ।

प्रहरीका अनुसार सञ्जुका श्रीमान् कृष्णप्रसाद रेग्मी र शान्तिदेवी भण्डारीसहितले पूर्वयोजना बनाई सुई तथा औषधि खुवाएर उनको मृत्यु गराएको भन्ने जाहेरी तथा घटनासम्बन्धी विवरणका आधारमा मुद्दा अघि बढाइएको हो ।

मुद्दाका प्रतिवादीमध्ये छाङछाङदी बस्ने शान्ती भण्डारी र पार्वती भण्डारीलाई अनुसन्धान पूरा गरी प्रहरीले २०८३ भदौ ४ गते स्याङ्जा जिल्ला अदालतमा पेस गरेको थियो ।

अदालतले भदौ ५ गते दिएको आदेशअनुसार प्रतिवादी शान्ती भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

अर्की प्रतिवादी पार्वती भण्डारीसँग अदालतले ७५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । उनले तोकिएको धरौटी रकम दाखिला गरेपछि तारेखमा छुटेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?