News Summary
Generated by OK AI. Editorially reviewed.- इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बिहीबार जिप पल्टिँदा चालक ३५ वर्षीय तीर्थराज बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।
- प्रहरीका अनुसार प्र.१–०१–००१ ज ३७०६ नम्बरको जिप सडकमा पल्टिएर दुर्घटना भएको थियो ।
- दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१ असोज, काठमाडौं । इलाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा जिपका चालक देउमाई नगरपालिका–१ चमैताका ३५ वर्षीय तीर्थराज बस्नेत रहेका छन् ।
इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बिहीबार प्र.१–०१–००१ ज ३७०६ नम्बरको जिप सडकमा पल्टिएर दुर्घटना भएको थियो ।
जिपले थिचिएर बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4