+
+
Shares

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आन्तरिक राजस्व विभागले भदौ महिनाको करदाता प्रोत्साहन कार्यक्रमका विजेता घोषणा गर्दै प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका ग्राहकलाई १ लाख रुपैयाँ दिएको छ।
  • विजेताको कुपन नम्बर ०४२६१८४७७६२० रहेको विभागले जनाएको छ।
  • १० भदौको बाढीका कारण १६ भदौको कार्यक्रम धकेलिएपछि यो पटक विजेता मासिक रूपमा घोषणा गरिएको हो।

१ असोज, काठमाडौं । प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

आन्तरिक राजस्व विभागले आज करदाता प्रोत्साहन कार्यक्रमको भदौ महिनाका विजेता घोषणा गरेको छ । सो क्रममा प्रधानमन्त्री राहत कोषमा एक हजार रुपैयाँ दिएका ग्राहकलाई १ लाख रुपैयाँ उपहार परेको हो ।

उनको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ । सरकारले हरेक १५/१५ दिनमा घोषणा गर्नुपर्ने यो कार्यक्रमको विजेता यस पटक मासिक रुपमा घोषणा गरिएको हो । १० भदौको बाढीका कारण १६ भदौको कार्यक्रम धकेलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?