+
+
Shares

झापामा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको झापा गाउँपालिका–३ कामाटोलीमा अनियन्त्रित मोटरसाइकल दुर्घटना हुँदा भारत किशनगञ्जका २८ वर्षीय सुल्तान अलीको मृत्यु भएको छ ।
  • प्रहरीका अनुसार बिहीबार बिहान साढे १० बजे सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको बीआर ३७ क्यू ३९४९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
  • गम्भीर घाइते अलीको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

१ असोज, काठमाडौं । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको किशनगञ्जका २८ वर्षीय सुल्तान अली रहेका छन् ।

बिहीबार बिहान साढे १० बजे सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको बीआर ३७ क्यू ३९४९ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

उनको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?