+
+
Shares

प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र चिनियाँ रक्षामन्त्री एढमिरल डोङ जुनबीच भेटवार्ता भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको औपचारिक भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार चिनियाँ रक्षामन्त्री एढमिरल डोङ जुनसँग भेटवार्ता गरेका छन्।
  • भेटमा आपसी हित र सैनिक सम्बन्धबारे छलफल भएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।
  • सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गरेका छन् र बेइजिङको १३ औं सिंङसान फोरमको उद्घाटन सत्रमा सहभागी भएका छन्।

१ असोज, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र चिनियाँ रक्षामन्त्री एढमिरल डोङ जुनबीच भेटवार्ता भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिगदेल र रक्षामन्त्री जुनबीच बुधबार औपचारिक भेटवार्ता भएको हो । भेटका क्रममा आपसी हित एवम् सैनिक सम्बन्धका बारेमा छलफल भएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।

त्यसैगरी प्रधानसेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गरेका छन् । साथै बेइजिङमा आयोजना हुने १३ औं बेइजिङ सिंङसान फोरमको उद्घाटन सत्रमा पनि सहभागी भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?