+
+
Shares

भोटेकोशी बाढीमा ६७७ यातायात मजदुर र ५१५ ट्रक-कन्टेनर बेपत्ता

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै महासंघले सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनर संख्या अझै बढ्न सक्ने जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीका कारण ६ सय ७७ मजदुर सम्पर्कविहीन र ५ सय १५ ट्रक तथा कन्टेनर हराएको तथ्यांक सार्वजनिक भएको छ ।
  • नेपाल ट्रक यातायात व्यवसायी महासंघले बाढीबाट ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेकाले वास्तविक क्षतिको यकिन विवरण संकलन गर्नुपर्ने जनाएको छ ।
  • पूर्वाधार विकास मन्त्रालयले क्षतिपूर्ति र मूल्यांकनका लागि राजीव पोखरेलको संयोजकत्वमा समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन मागेको छ ।

१ असोज, काठमाडौं । १० भदौम रसुवा भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएका र ५ सय १५ ट्रक तथा कन्टेनर हराएको तथ्यांक सार्वजनिक भएको छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्यांक प्रस्तुत गरेको हो ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै महासंघले सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनर संख्या अझै बढ्न सक्ने जनाएको छ ।

भोटेकोशी बाढीबाट सार्वजनिक यातायात तथा ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेकाले वास्तविक क्षतिको यकिन विवरण संकलन गर्नुपर्ने महासंघको भनाइ छ ।

महासंघ अध्यक्ष राजेन्द्रविक्रम बानियाँले बाढीका कारण ढुवानी व्यवसायमा परेको क्षतिको यथार्थ मूल्यांकन गरी पीडित व्यवसायी तथा मजदुरलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन, क्षतिपूर्तिको आधार र अन्य सम्बन्धित विषयमा रायसहित प्रतिवेदन तयार गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्रालयले २६ भदौमा मन्त्रीको अध्यक्षतामा यातायात व्यवसायी तथा सरोकारवालासँग भएको बैठकको निर्णय अनुसार यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा समिति गठन गरेको हो । समितिलाई १५ दिनभित्र राय सुझाव सहित प्रतिवेदन मन्त्रीसमक्ष पेस गर्न जिम्मेवारी दिइएको छ ।

समितिमा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, मन्त्रीको सचिवालय, यातायात व्यवसायीका प्रतिनिधि, यातायात मजदुर संघसंगठनका प्रतिनिधि सहित नेपाल ट्रक यातायात व्यवसायी महासंघ अध्यक्ष बानियाँ र महासचिव बद्रीप्रसाद चौलागाईं लगायत सदस्य छन् ।

मन्त्रालयका अनुसार समितिले भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गरी क्षतिपूर्ति निर्धारणका लागि आवश्यक आधार समेत तय गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?