News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस प्युठान क्षेत्र नम्बर १(२) का सभापति सरोज थापा (रोज राणा)ले वडा हुँदै आएको क्रियाशील सदस्यताको शुल्क केन्द्रमा नपठाएको पाइएको छ।
- कांग्रेस केन्द्रीय कार्यालयले ०८३ असोज २ गते १ बजेभित्र रकम जम्मा गर्न उनलाई अल्टिमेटम दिएको छ।
- कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पठाएको पत्रको बोधार्थ लुम्बिनी प्रदेश सभापति र जिल्ला कार्यसमिति प्युठानलाई पनि दिइएको छ।
१ असोज, काठमाडौं । नेपाली कांग्रेस प्युठान क्षेत्र नम्बर १ (२) का सभापति सरोज थापा (रोज राणा)ले वडा हुँदै क्षेत्रीय समितिमा आएको पार्टीको क्रियाशील सदस्यताको शुल्क रोकेको पाइएको छ।
१५औं महाधिवेशन प्रयोजनका लागि कांग्रेस क्रियाशील सदस्यताको रकम वडा हुँदै प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा आइसकेको भए पनि हालसम्म उक्त रकम केन्द्रमा नपठाएपछि केन्द्रीय कार्यालयले उनलाई अल्टिमेटम दिएको छ।
‘…क्रियाशील सदस्यता वापतको सम्पूर्ण रकम ०८३ असोज २ गते १ बजेभित्र नेपाली कांग्रेस केन्द्रीय कार्यालयको खातामा जम्मा गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ’ कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पठाएको पत्रमा उल्लेख छ।
उक्त पत्रको बोधार्थ लुम्बिनी प्रदेश सभापति र जिल्ला कार्यसमिति प्युठानलाई पनि दिइएको छ।
कांग्रेसले उनले कति रकम दाखिला गर्नुपर्ने भन्ने चाहिँ खुलाएको छैन।

प्रतिक्रिया 4