News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन एयरलाइन्सका कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ लाख रुपैयाँ प्रदान गरेका छन्।
- कर्मचारीबाट स्वेच्छिक संकलन गरिएको १४ लाख ७० हजार ६ सय ६६ रुपैयाँमध्ये बाँकी रकम बाढीबाट प्रभावित आफ्ना कर्मचारीका परिवारलाई दिइएको कम्पनीले जनाएको छ।
- कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले पर्यटनमन्त्री खड्कराज पौडेललाई रकम बराबरको चेक हस्तान्तरण गरे।
१ असोज, काठमाडौं । हिमालयन एयरलाइन्सका कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ लाख रुपैयाँ प्रदान गरेका छन् ।
कर्मचारीबाट स्वेच्छिक संकलन गरिएको कुल १४ लाख ७० हजार ६ सय ६६ रुपैयाँमध्ये १३ लाख राहत कोषमा प्रदान गरिएको हो । बाँकी रकम भने बाढीबाट प्रभावित हिमालय एयरलाइन्सका कर्मचारीको परिवारलाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यसबाहेक कर्मचारीले विपद् प्रभावित नागरिकका लागि लुगासमेत संकलन गरेका थिए । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले पर्यटनमन्त्री खड्कराज पौडेललाई उक्त रकम बराबर चेक हस्तान्तरण गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4