News Summary
Generated by OK AI. Editorially reviewed.- भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीवार नयाँ दिल्लीमा भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गरेका छन् ।
- भेटमा नेपालमा विपद्पछिको पुनर्निर्माणमा सहयोग, दुई देशीय व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।
- वाग्लेले भ्रमणका क्रममा विदेशमन्त्री डा. एस जयशंकरसँग पनि भेट्ने, सीआईआई कार्यक्रममा सहभागी हुने र दिल्ली स्कुल अफ इकोनोमिक्समा सम्बोधन गर्ने कार्यक्रम छ ।
१ असोज, काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ ।
बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए ।
भेटवार्ताका क्रममा नेपालमा विपद्पछिको पुनर्निर्माणमा सहयोगबारे छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । साथै, दुई देशीय व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी लगायतका विषयमा पनि कुराकानी भएको दूतावासले जानकारी गराएको छ ।
वाग्ले दुई दिने भ्रमणका लागि आज दिल्ली गएका थिए ।
वाग्लेले अर्थमन्त्री सीतारमणसँगै विदेशमन्त्री डा. एस जयशंकरसँग पनि भेटवार्ता गर्नेछन् ।
भ्रमणका क्रममा उनी कन्फिडेरेशन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई) को एक कार्यक्रममा सहभागी हुनेछन् ।
उक्त कार्यक्रममा उनले हस्पिटालिटी र वेलनेस सेक्टरमा भारतीय लगानी भिर्त्याउनेबारे छलफल गर्ने बताइएको छ।
त्यस्तै, दिल्ली स्कुल अफ इकोनोमिक्समा पनि उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
भारतीय लगानी नेपालमा ल्याउने प्रयासस्वरुप अर्थमन्त्री वाग्लेले यो भ्रमण गर्न लागेको बताइएको छ ।
प्रतिक्रिया 4