+
+
Shares

दोलखामा कांग्रेस देउवा समूहको महाधिवेशन तयारी कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते २१:१५

१ असोज, काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको देउवा समूहले १५ औं केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै दोलखामा महाधिवेशन तयारी समितिको कार्यालय स्थापना गरेको छ ।

कांग्रेस नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री कुन्दनराज काफ्लेको अगुवाइमा बिहीबार दोलखा सदरमुकाम चरिकोटमा कार्यालय स्थापना गरिएको हो ।

काफ्लेलाई देउवा पक्षले दोलखाका लागि महाधिवेशन तयारीसम्बन्धी केन्द्रीय प्रतिनिधिको जिम्मेवारीसमेत दिएको  छ ।

संस्थापन पक्षले १५औं महाधिवेशनका लागि विभिन्न तहका अधिवेशनको तयारी अघि बढाइरहेको बेला दोलखामा  इतर पक्षको कार्यलय खुलेको हो ।

दोलखामा कार्यालय स्थापनासँगै महाधिवेशन तयारी, जिल्लाका नेता–कार्यकर्तासँग समन्वय तथा संगठनात्मक गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्य रहेको नेता काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?