+
+
Shares

जसपा नेपालले संविधान दिवसलाई ‘विरोध दिवस’को रुपमा मनाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते ८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जसपा नेपालले असोज ३ गतेलाई ‘विरोध दिवस’का रूपमा मनाउने भएको छ ।
  • पार्टीले सो दिन संविधानका मूलभूत विषयवस्तु र संशोधनको अपरिहार्यताबारे अन्तरक्रिया, बहस र विचार गोष्ठी आयोजना गर्ने जनाएको छ ।
  • पूर्ण बस्नेतका अनुसार सम्पूर्ण जिल्ला समितिहरुलाई कार्यक्रम आयोजना गर्न निर्देशन जारी गरिएको छ ।

२ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले असोज ३ गतेलाई ‘विरोध दिवस’को रुपमा मनाउने भएको छ ।

जसपा नेपालले असोज ३ गते ‘वर्तमान संविधानको मूलभूत विषयवस्तु तथा संविधान संशोधनको अपरिहार्यता विषयमाथि अन्तरक्रिया, बहस तथा विचार गोष्ठी’ गरी विरोध दिवसको रुपमा मनाउन लागेको पार्टीका नेता पूर्ण बस्नेतले जानकारी दिए ।

संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा नीहित रहेको जस्ता महत्वपूर्ण उपलब्धि भएतापनि अन्तरिम संविधानमा सहमति भइसकेको केही महत्वपूर्ण विषयहरुलाई बहुमत र अल्पमतको आधारमा उल्टाइएको तथा संविधानमा अधिकांश राम्रा पक्षहरु समाविष्ट भएतापनि अझै विभेद कायम रहेको जसपा नेपालको ठहर छ ।

संविधानको संशोधन/परिमार्जन अपरिहार्य रहेको भन्दै जसपा नेपालले उक्त दिन विरोध दिवसका रुपमा अन्तरक्रिया तथा विचार गोष्ठीको आयोजना गर्न सम्पूर्ण जिल्ला समितिहरुलाई निर्देशन जारी गरिएको बस्नेतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?