News Summary
Generated by OK AI. Editorially reviewed.- इटहरी उपमहानगरपालिका–४ मा बिहान डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालक धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको छ।
- दुर्घटनामा सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका छन् र विराट शिक्षण अस्पतालमा उपचार जारी छ।
- जिल्ला प्रहरी कार्यालय सुनसरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
२ असोज, सुनसरी । इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएका अनिलको विराट शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार जारी छ ।
सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4