+
+
Shares

तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनाङको नासोँ गाउँपालिका–३ खोत्रेमा पहिरो हटाएपछि तीन दिन अवरुद्ध बेँसीसहर–चामे सडक आज बिहानदेखि सञ्चालनमा आएको छ।
  • पहिरोसँगै खसेको ठूलो ढुङ्गा हटाउन नेपाली सेनाले बिहीबार र आज बम विस्फोट गराएको सूचना अधिकारी नवीन विष्टले जानकारी दिए।
  • सडक खुलेसँगै साना सवारीसाधन चलेका छन् भने ठूला सवारीसाधन सञ्चालनमा आउन अझै केही समय लाग्नेछ।

२ असोज, लमजुङ । पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ ।

यस सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर ढुङ्गा तथा पहिरो हटाएसँगै आज बिहानदेखि सडक सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए ।

उनका अनुसार खोत्रेमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेका थिए । तीमध्ये एउटा ढुङ्गा निकै ठूलो थियो । सडक अवरुद्ध भएपछि उक्त ढुङ्गा हटाउन बिहीबार पनि बम विस्फोट गराइएको थियो । पहिलो पटकको विस्फोटबाट ढुङ्गा पूर्ण रूपमा नफुटेपछि आज पुन: विस्फोट गराई ढुङ्गा फुटाएर पहिरो पन्छाइएको उनले बताए ।

सडक खुलेसँगै साना सवारीसाधन सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि मनाङतर्फ आवतजावत गर्ने यात्रुलाई सहज भएको छ ।

ठूला सवारीसाधन सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताउनुभयो । करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग हो । मनाङवासीको आवतजावतसँगै दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको ढुवानी र पर्यटकीय आवागमनका लागि यो सडक महत्वपूर्ण मानिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?