+
+
Shares

यमनमा इन्धनको मूल्यवृद्धिसँगै सर्वसाधारणको कष्टपूर्ण जीवन

यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा इन्धनको मूल्य करिब १० प्रतिशतले बढेको छ। इन्धनको मूल्य प्रति लिटर ४ हजार ७ सय ५० येमेनी रियालबाट बढेर ५ हजार २ सय ५० पुगेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रमा इन्धनको मूल्य करिब १० प्रतिशतले बढेर प्रति लिटर ५ हजार २ सय ५० येमेनी रियाल पुगेको छ।
  • हुथी स्वामित्वको येमेन पेट्रोलियम कम्पनीले विश्वव्यापी मूल्यवृद्धि र लडाइँपछि ओसारपसार मार्ग जोखिमपूर्ण बनेकाले मूल्य बढाउनुपरेको जनाएको छ।
  • स्थानीय व्यापारीहरूका अनुसार गाडीहरूलाई गन्तव्यमा पुग्न पहिलेभन्दा दोब्बर समय लाग्न थालेको छ र यसको भार उपभोक्तामा परेको छ।
  • शोधकर्ताहरूले यो मूल्यवृद्धिको असर कृषि, यातायात र खानेपानीजस्ता क्षेत्रहरूमा पर्ने बताएका छन्, जहाँ १८ मिलियन मानिस गम्भीर खाद्य असुरक्षामा छन्।

२ असोज, काठमाडौं । यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा इन्धनको मूल्य करिब १० प्रतिशतले बढेको छ। इन्धनको मूल्य प्रति लिटर ४ हजार ७ सय ५० येमेनी रियालबाट बढेर ५ हजार २ सय ५० पुगेको छ।

हुथी स्वामित्वको येमेन पेट्रोलियम कम्पनीले विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेकाले यो निर्णय लिनुपरेको जनाएको छ। यमनमा लडाइँ पुनः सुरु भएपछि सामान ओसारपसार गर्ने मार्गहरू लामो र जोखिमपूर्ण बनेका छन्।

स्थानीय व्यापारीहरूले गाडीहरूलाई गन्तव्यमा पुग्न पहिलेभन्दा दोब्बर समय लाग्न थालेको बताएका छन् । सामान ओसारपसार महँगो भएपछि त्यसको प्रत्यक्ष भार उपभोक्तामा परेको छ।

शोधकर्ताहरूका अनुसार यसको असर कृषि, यातायात र खानेपानीजस्ता अति आवश्यक क्षेत्रहरूमा पर्नेछ। यमनमा हाल १८ मिलियन मानिसहरू गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?