+
+
Shares

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा रिता गौतम र विमोचन राज कुँवर पक्राउ परेका छन्।
  • उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
  • पक्राउ परेकालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

२ असोज, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२० बस्ने ४९ वर्षीया रिता गौतम र ३१ वर्षीय विमोचन राज कुँवर रहेका छन् ।

उनीहरूले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?