News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुममा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय भरत साह बिहीबार साँझ पक्राउ परेका छन् ।
- लालीगुराँस नगरपालिका–७ लसुने बजारका भारत घर भएका साहलाई उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुरको टोलीले पक्राउ गरेको हो ।
- प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
२ असोज, तेह्रथुम । तेह्रथुममा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
लालीगुराँस नगरपालिका–७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4