News Summary
Generated by OK AI. Editorially reviewed.- बूढानीलकण्ठ नगरपालिका–२ तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।
- प्रहरीले पक्राउ परेकाहरूसँग नगद १ लाख ८ हजार ४ सय रूपैयाँ र ओखर १४ थान बरामद गरेको छ।
- पक्राउ पर्नेमा बनेपा बस्ने महाभारत गाउँपालिका–३ घर भएका ३१ वर्षीय राम बहादुर मोक्तान समेत रहेका छन्।
२ असोज, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–२ तारेभिरस्थित जंगलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा काभ्रेमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बनेपा बस्ने महाभारत गाउँपालिका–३ घर भएका ३१ वर्षीय राम बहादुर मोक्तान समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार ४ सय रूपैयाँ र ओखर १४ थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4