News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा शुक्रबार बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २९ वर्षीय अनिल राईको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते राईको विराट मेडिकल कलेज टिचिङ अस्पताल, मोरङमा उपचारका क्रममा निधन भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
- मोटरसाइकलमा सवार अर्को एक घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ।
२ असोज, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको निधन भएको छ ।
को १९ प ३१५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना भएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, धनकुटाको धनकुटा नगरपालिका–२ भिरगाउँ बस्ने २९ वर्षीय अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल मोरङमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4