News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष साउनमा शोधनान्तर स्थिति ९० अर्ब ३४ करोडले बचतमा पुगेको छ ।
- साउनमा चालु खाता ९४ अर्ब ५९ करोडले बचतमा रहँदा रेमिट्यान्स आप्रवाह २ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।
- साउनमा १ अर्ब १ करोड बराबर एफडीआई भित्रिएको छ र निर्यात ६१.७ प्रतिशत बढेर ३८ अर्ब ७० करोड पुगेको छ ।
२ असोज, काठमाडौं । चालु आर्थिक वर्ष साउनमा शोधनान्तर स्थिति ९० अर्बले बचतमा पुगेको छ ।
रेमिट्यान्स आप्रवाह र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा सुधार आउँदा शोधनान्तर स्थिति सकारात्मक भएको हो ।
चालु आव साउनमा निर्यात ६१.७ प्रतिशत बढेको छ । उक्त अवधिमा ३८ अर्ब ७० करोड बराबर निर्यात भएको छ । साथै, साउनमा १ अर्ब १ करोड बराबर एफडीआई भित्रिएको छ । त्यसैगरी सोही अवधिमा रेमिट्यान्स आप्रवाह पनि २ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ ।
साउनमा चालु खाता ९४ अर्ब ५९ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोड बचतमा थियो । अमेरिकी डलरमा गत वर्ष सोही अवधिमा ५६ करोड बचतमा रहेको चालु खाता साउनमा ६२ करोड बचतमा छ ।
चालु आव साउनमा खुद पूँजीगत ट्रान्स्फर ६३ करोड छ । गत आव सोही अवधिमा यस्तो ट्रान्स्फर १ अर्ब ४ करोड थियो । यसैगरी समीक्षा अवधिमा १ अर्ब १ करोड बराबर एफडीआई (इक्विटी मात्र) भित्रिएको छ । गत आव सोही अवधिमा भने ६९ करोडमात्र थियो ।
साउनमा शोधनान्तर स्थिति ९० अर्ब ३४ करोडले बचतमा छ । गत आव सोही अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा थियो ।
अमेरिकी डलरमा गत वर्ष सोही अवधिमा ६४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति साउनमा ५९ करोडले बचतमा छ ।
प्रतिक्रिया 4