News Summary
Generated by OK AI. Editorially reviewed.- एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो ३ बजे बस्ने गरी सारिएको पार्टी सचिव महेश बस्नेतले जानकारी दिए।
- कार्यदलको बैठक लम्बिएकाले सचिवालय बैठक समय सारिएको हो, र अहिले कार्यदल बैठक सकिएको छ।
- एमाले पुनर्गठन कार्यदलमा शंकर पोखरेल, रामबहादुर थापा 'बादल' र प्रदीप ज्ञवालीका प्रतिवेदनमाथि सुझाव मिलाएर तयार गर्ने तयारी छ।
४ भदौ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय सारिएको छ। बैठक आजै दिउँसो ३ बजे बस्ने गरी सारिएको पार्टी सचिव महेश बस्नेतले जानकारी दिए।
कार्यदलको बैठक लम्बिँदा सचिवालय बैठक समय सारिएको उनको भनाइ छ। अहिले कार्यदलको बैठक पनि सकिएको छ।
एमाले पुनर्गठन कार्यदलमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को प्रतिवेदन प्रस्तुत भएको थियो। यसका साथै नेता प्रदीप ज्ञवालीले अर्को प्रतिवेदन तयार पारेका थिए।
प्रतिवेदनमा रामबहादुर थापा बादल, विष्णु पौडेल र शंकर पोखरेलले सुझाव मिलाएर तयार गर्ने र सचिवालय बैठक बस्ने तयारी छ। बस्नेतले प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र विशेष महाधिवेशन गर्ने विषय समावेश नहुने दाबी गरे।
प्रतिक्रिया 4