+
+
Shares

‘कथा डबली’ को पहिलो श्रृंखलामा इन्द्रजात्राको मिथकबारे कथा सुनाइने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रज्ञा प्रतिष्ठानले पुराना मिथक, कथा र किंवदन्ती सुन्ने तथा डिजिटल–अर्काइभ गर्ने उद्देश्यले ‘कथा डबली’ श्रृंखला सुरु गर्ने भएको छ।

४ असोज, काठमाडौँ । शहरका पुराना मिथक, कथा, किंवदन्ती सुन्ने र भावी पुस्ताका लागि डिजिटल–अर्काइभ गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले एक विशेष श्रृंखला ‘कथा डबली’ सुरु गर्ने भएको छ ।

‘कथा डबली–१’ श्रृंखलाअन्तर्गत ‘इन्द्रजात्रा’ को मिथक र किंवदन्ती सुन्ने यो कार्यक्रम यही असोज ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजना हुनेछ ।

बिहीबार दिउँसो २ बजे हुने कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर तथा वरिष्ठ संस्कृतिविद् मल्ल के. सुन्दरले कथा वाचन गर्ने प्रतिष्ठानले जानकारी दिएको छ ।

प्रतिष्ठानका अनुसार उनले इन्द्रजात्रासँग जोडिएका शताब्दीऔँ पुराना कथा, मिथक र किंवदन्ती, काठमाडौं शहरको उत्पत्ति अनि यसको सांस्कृतिक वैभवमाथि लिखित कथा वाचन गर्नेछन् ।

‘इन्द्रजात्रा : शारदीय पर्व’ कार्यक्रममा परम्परागत नृत्य पनि प्रस्तुत गरिनेछ । सो अवसरमा कलाकारले उपत्यकाको प्रसिद्ध ‘लाखे प्याखं’ (लाखे नाच) र ‘कुमारी नृत्य’ पनि मञ्चन गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य, संस्कृति तथा डिजिटलाइजेसन विभाग प्रमुख दीपक सापकोटाले जानकारी दिए ।

सांस्कृतिक कथा सुन्ने, अर्काइभ गर्ने श्रृंखला ‘कथा डबली’ नेपालका विभिन्न शहर, गाउँमा निरन्तर आयोजना हुने  सापकोटाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?