+
+
Shares

सिंगापुर एयरलाइन्सको काठमाडौं उडानमा ‘बी७८७-१०’ ड्रिमलाइनर

यो जहाजमा ३ सय ३७ सिट छ । जसमा ३६ बिजनेस क्लास र ३ सय १ इकोनोमी क्लास सिट छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंगापुर एयरलाइन्सले काठमाडौं उडानमा बोइङ बी७८७-१० ड्रिमलाइनर वाइडबडी जहाज प्रयोग गर्न थालेको छ ।
  • यो जहाज १८ सेप्टेम्बरदेखि २७ नोभेम्बरसम्म सोमबार, बुधबार र शुक्रबार काठमाडौं रुटमा उडाइने छ ।
  • ड्रिमलाइनरमा ३ सय ३७ सिट छन्, जसमा ३६ बिजनेस क्लास र ३ सय १ इकोनोमी क्लास सिट छन् ।

४ असोज, काठमाडौं । सिंगापुर एयरलाइन्सले काठमाडौं उडानमा ‘बी७८७-१०’ सिरिजको ड्रिमलाइनर वाइडबडी जहाज प्रयोग गर्न थालेको छ ।

सिंगापुरबाट काठमाडौंका लागि दैनिक एक उडान गरिरहेको छ । तीमध्ये सातामा तीन उडानका लागि भने बोइङ कम्पनीको उत्पादन बी७८७-१० ड्रिमलाइनर प्रयोग गर्न थालेको हो ।

यो सिरिजको वाइडबडी जहाज १८ सेप्टेम्बरदेखि २७ नोभेम्बरसम्म काठमाडौं रुटमा सातामा तीन दिन प्रयोग गरिने कम्पनीले जनाएको छ । यो जहाजमा ३ सय ३७ सिट छ । जसमा ३६ बिजनेस क्लास र ३ सय १ इकोनोमी क्लास सिट छन् ।

सिंगापुर एयरलाइन्सले दसैंतिहार जस्ता नेपालका ठूला चाडपर्व र शरद ऋतुको पदयात्रा सिजन लक्षित गर्दै ड्रिमलाइनर जहाज उडाउन थालिएको जनाएको छ ।

सिंगापुरले प्रत्येक सोमबार, बुधबार र शुक्रबार यो जहाज उडाइरहेको छ ।

‘धेरै सिट क्षमता र उच्चस्तरको सुविधा उपलब्ध रहेको ड्रिमलाइनर जहाजले काठमाडौं उडान थालेको छ,’ सिंगापुर एयरलाइन्सको नेपालस्थित जनरल सेल्स एजेन्ट (जीएसए) एभरेस्ट एक्स्प्रेस इन्टरनेसनलका प्रबन्ध निर्देशक सुधीर पाण्डेले भने, ‘यसबाट दुवै देशमा आवतजावत गर्ने यात्रुलाई धेरै नै सहज अनुभूति भएको विश्वास छ ।’

बी७८७-१० ड्रिमलाइनरको बिजनेस क्लासमा ७६ इन्च लम्बाइ र २६ इन्च चौडाइको फ्ल्याट बेड, नि:शुल्क वाइफाई लगायत सुविधा उपलब्ध छ भने इकोनोमी क्लास सिट थप आरामदायी रहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?