News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार पनि जारी रहने भएको छ।
- निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी जिल्लाका वडामा अधिवेशन हुनेछन्।
- आइतबारसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भइसकेको छ।
५ असोज, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार पनि जारी रहने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा अधिवेशन हुनेछन् ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत १ असोजदेखि वडा अधिवेशन सुरु भएको थियो ।
निर्वाचन समितिका अनुसार आइतबारसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भइसकेको छ ।
रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाहेक सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ तथा परासी क्षेत्र नम्बर २ का बाँकी वडामा आज अधिवेशन हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4