+
+
Shares

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते ७:०४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ।
  • बैठकअघि केन्द्रीय सचिवालयले आइतबार कार्यदलले पेस गरेको एकीकृत प्रतिवेदनमाथि छलफल गर्ने छ।
  • २१ फागुनको निर्वाचनपछि उठेको पुनर्गठन बहसबीच कार्यदलले देशव्यापी सुझावका आधारमा प्रतिवेदन तयार पारेको थियो।

४ असोज, काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित रामबाग महल, भनिमण्डलमा सोमबार बिहान ११ बजे बस्ने छ ।

केन्द्रीय कमिटी बैठकअघि च्यासलमा बिहान ९ बजे केन्द्रीय सचिवालयको बैठक बस्ने छ ।

प्रचार विभाग प्रमुख आचार्यका अनुसार सचिवालय बैठकमा आइतबार कार्यदलले पेस गरेको एकीकृत प्रतिवेदनमाथि छलफल हुनेछ भने केन्द्रीय कमिटीमा पेस गर्ने एजेन्डा तय गर्ने छ ।

गत २१ फागुनको निर्वाचनमा नराम्रो नतिजा आएपछि एमालेभित्र पुनर्गठनको बहस उठेको थियो । एमालेका केपी शर्मा ओली नेतृत्वबाट अब पार्टी अघि नबढ्ने भन्दै नेताहरूले प्रश्न उठाएपछि पार्टीले नै उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल बनाएकको थियो । उक्त कार्यदलको तर्फबाट देशव्यापी सुझाव संकलन गरिएको थियो । उक्त सुझावका आधारमा महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार पारेका थिए ‍।

उक्त प्रतिवेदनमा नेतृत्व फर्नेसम्मको आसय आएपछि संयोजक थापाले पनि छुट्टै प्रतिवेदन बनाएका थिए । थापाले ओलीको रक्षा गरेर जानुपर्ने धारणा सहितको प्रतिवेदन ल्याएका थिए । दुईथरी प्रतिवेदन आएपछि त्यसमा पनि विवाद भएको थियो । महासचिवको प्रतिवेदनमा चित्त नबुझाएका ओलीले बादलसहितको प्रतिवेदन मिलाएर एकीकृत प्रतिवेदन बनाउने अनौपचारिक जिम्मा नेता प्रदीप ज्ञवालीलाई दिएका थिए ।

ज्ञवालीले २९ पृष्ठ लामो प्रतिवेदन बनाएका थिए । त्यहाँ उनले ओलीलाई नेतृत्वबाट हटाउनेसम्बन्धी कुनै पनि प्रसंग राखेका थिएनन् । तलबाट आएका सुझावहरू सबै अनुसूचीमा राख्ने उनी डकुमेन्ट तयार गरेका थिए ।

तीन वटै डकुमेन्टहरूमा आधारित रहेर आइतबार दिउँसो कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिई सचिवालय बैठकमा पेस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?