News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीसहितका नेता ललितपुरको रामबाग महल पुगेका छन्।
- ५ असोजदेखि ७ असोजसम्म चल्ने बैठकमा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमाथि छलफल हुने छ।
- सचिवालय बैठकले निर्वाचन समीक्षा र पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ।
५ असोज, काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेताहरू ललितपुरस्थित रामबाग महल, भनिमण्डल पुग्दै छन् । नेताहरू जाने क्रम बढेसँगै रामबाग महलमा चहलपहल बढेको छ ।
केहीबेर पछि सुरु हुने बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू रामबाग महल पुगेका छन् ।
आजदेखि ७ असोजसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा पार्टी पुनर्गठन कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।
केहीबेर अघि सम्पन्न सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4