+
+
Shares

त्रिपुरेश्वरमा बस आगलागी घटना : भित्रै थिए चालक, उपचारका लागि पठाइयो अस्पताल

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गर्दै बसका चालक घाइते भएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १२:४३

५ असोज, काठमाडौं । त्रिपुरेश्वरस्थित चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ । आगलागी हुँदा बसका चालक समेत घाइते भएको पाइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गर्दै बसका चालक घाइते भएको जानकारी दिए ।

‘बस आगलागी भएको भएर चालक घाइते भएका छन् । उद्धार गरेर अस्पताल पठाएका छौं । आगलागीको कारणबारे अनुसन्धान हुँदैछ’ एसपी सुवेदीले अनलाइनखबरसँग भने ।

आगलागी भएको बस नम्बर बा ५ ख ४२७४ हो । बस चालकको साथबाट दावा लामाको चालक अनुमति पत्र (लाइसेन्स) फेला परेको प्रहरीले बताएको छ ।

उनी बसभित्रै रहेका बेला आगलागी भएकाले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ । घाइते चालकलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?