+
+
Shares

एमाले बैठकमा प्रश्न- सामूहिक नेतृत्व लिने, अपजस चाहिँ अध्यक्षलाई मात्र लगाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले केन्द्रीय सदस्य गीता अधिकारीले सामूहिक नेतृत्वको जिम्मेवारी लिएर अपजस मात्र अध्यक्ष केपी शर्मा ओलीलाई थोपर्न नमिल्ने बताइन्।
  • उनले पार्टीको अहिलेको प्राथमिकता आरोपप्रत्यारोप नभई आन्तरिक एकता र आगामी दिनको स्पष्ट कार्ययोजना हुनुपर्ने बताइन्।
  • अधिकारीले निर्वाचन परिणामको समीक्षा गर्दा संगठनात्मक कमजोरी, जनतासँग दूरी र युवासँग संवाद अभावलाई आत्मसमीक्षाको विषय बनाउनुपर्ने उल्लेख गरिन्।

६ असोज, काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य गीता अधिकारीले सामूहिक नेतृत्व लिने तर अपजस जति अध्यक्ष केपी शर्मा ओलीलाई मात्र लगाउने नमिल्ने बताएकी छन् ।

एमाले केन्द्रीय कमिटी बैठकमा उनले अध्यक्ष ओलीको बचाउ गर्दै पार्टीभित्रको आन्तरिक एकता अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै एकता कार्यकर्ताको तहमा मात्र नभई नेताहरूबीच पनि देखिनुपर्नेमा जोड दिएकी छन् ।

‘सामाजिक सञ्जालमार्फत जिम्मेवारी सामूहिक रूपमा लिने तर अपजस एक्लो अध्यक्षमाथि थोपर्ने प्रवृत्तिले पार्टीलाई बलियो बनाउन सक्दैन’ बैठकमा उनको भनाइ थियो ।

पार्टीमा मतभिन्नता स्वाभाविक भए पनि त्यसलाई पार्टीका विधि, कमिटी र संस्थागत प्रक्रियामार्फत समाधान गर्ने संस्कार विकास गर्नुपर्ने उनको धारणा थियो ।अहिले पार्टीको प्राथमिकता आरोपप्रत्यारोप नभइ एकता र आगामी दिनको स्पष्ट कार्ययोजनामा केन्द्रित हुनुपर्ने उनले बताइन् ।

मंगलबारको बैठकमा महासचिव शंकर पोखरेलको मन्तव्यपछि पार्टीभित्र एकताको सकारात्मक सन्देश गएको उनको दाबी छ । ओलीले ल्याएको राजनीतिक प्रतिवेदनको समर्थन गर्दै उनले निर्वाचन परिणामको समीक्षा गर्दा बाह्य कारणसँगै पार्टीभित्रका संगठनात्मक कमजोरी, जनतासँग बढेको दूरी, युवासँग पर्याप्त संवाद हुन नसकेको अवस्था र सञ्चार क्षेत्रमा देखिएका कमजोरीलाई समेत आत्मसमीक्षाको विषय बनाइनु पर्ने उल्लेख गरिन् ।

उनले प्रतिवेदनमा उल्लेख भएको वास्तविकताको बोधलाई अब सुधारको ठोस योजनामा बदल्नुपर्ने उनको प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?