+
+
Shares

ग्यासको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ

उनले आफ्नो पसलमा भएका सिलिन्डरहरूको सिल खोली ‘सबै सिलिन्डर रित्तो हो’ भन्दै ग्यास लुकाएको प्रहरीले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १७:२६

६ असोज, काठमाडौं । ग्यास कालोबजारी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने ४७ वर्षीय सरोज नेम्कुल छन् ।

उनलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफ्नो पसलमा भएका सिलिन्डरहरूको सिल खोली ‘सबै सिलिन्डर रित्तो हो’ भन्दै ग्यास लुकाएको प्रहरीले बताएको छ ।

नेम्कुनले सञ्चालन गरेको सिद्धिपुर ग्यास स्टोरबाट दुई वटा सिलसहितका र २२ वटा सिल नभएका, तर भरी सिलिन्डर बरामद भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?