+
+
Shares

प्रतिनिधिसभाबाट सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता अनुमोदन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्झौता सर्वसम्मतिले अनुमोदन गरेको छ।
  • कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मंगलबार सदनमा सम्झौता अनुमोदनको प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
  • मन्त्री गौतमले यो सम्झौताले समुन्द्री पर्यावरणको सुरक्षा र स्रोतको न्यायोचित प्रयोगमा सघाउ पुग्ने विश्वास व्यक्त गरिन्।

६ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठकले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्झौतालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मंगलबार सदनमा उक्त सम्झौता अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

प्रस्ताव प्रश्तुत गर्दै मन्त्री गौतमले यस सम्झौताले समुन्द्री पर्यावरणको सुरक्षा र स्रोतको न्यायोचित प्रयोगमा सघाउ पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रश्ताव पेश भएसँगै सभामुखले निर्णयार्थ सदनमा पेश गरे ।

सदनमा उपस्थित सांसदहरूले यो प्रश्तावको पक्षमा समर्थन जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उक्त सम्झौता सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

नेपालले यसअघि नै संयुक्त राष्ट्र सङ्घीय सामुन्द्रिक कानूनसम्बन्धी महासन्धिको पक्ष राष्ट्रको रूपमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?