+
+
Shares

हस्तकला महासंघ र कुरियर सेवा संघबीच द्विपक्षीय समझदारी

समझदारी अनुसार निर्यात प्रवर्द्धनका लागि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्न दुवै पक्षले संयुक्त रूपमा नेपाल सरकार समक्ष पहल र पैरबी गरिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल हस्तकला महासंघ र नेपाल कुरियर सेवा संघबीच निर्यात प्रवर्द्धन, बजारीकरण र भन्सार सहजीकरणका लागि द्विपक्षीय समझदारी भएको छ ।
  • समझदारीपत्रमा महासंघका अध्यक्ष रविन्द्र शाक्य र कुरियर सेवा संघका अध्यक्ष अनिल राजभण्डारीले हस्ताक्षर गरेका छन् ।
  • दुवै संस्थाले निर्यात व्यवसायका चुनौती समाधान गर्न नेपाल सरकारसमक्ष संयुक्त पहल र पैरबी गर्ने सहमति गरेका छन् ।

६ असोज, काठमाडौं । निर्यातमूलक क्षेत्रको हस्तकला उद्यमी व्यवसायीको छाता संगठन नेपाल हस्तकला महासंघ र निर्यात क्षेत्रमा क्रियाशील अर्को संस्था नेपाल कुरियर सेवा संघबीच द्विपक्षीय समझदारी भएको छ ।

दुई संस्थाबीच आपसी सहयोग र सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार निर्यात प्रवर्द्धनका लागि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्न दुवै पक्षले संयुक्त रूपमा नेपाल सरकार समक्ष पहल र पैरबी गरिने भएको छ ।

त्यस्तै हस्तकलाको बजारीकरणमा सहयोग गर्ने, निकासीकर्तालाई सामान निकासीको अवस्थामा भन्सार सहज वातावरण र सहुलियत प्रदान गर्ने, निकासी व्यवसायको चुनौतीलाई दुवै पक्षको पहल कदमीमा सहजीकरण गर्ने र अवसरको अधिकतम सदुपयोग गर्न ऐक्यबद्ध भई अघि बढ्ने समझदारी समेत भएको छ ।

दुवै संस्थाबीचको सहकार्यलाई सेवाग्राहीको हितमा अझ केन्द्रित भई प्रभावकारी सहकार्य गर्दै जाने विषयमा समझदारी गर्न दुवै संस्था निरन्तर प्रतिबद्ध रहने एक अर्को संस्थाले गरेको कार्यक्रममा सहयोग र सहकार्य गर्ने लगायत प्रमुख विषय समेटिएका छन् ।

समझदारीपत्रमा हस्तकला महासंघका तर्पmबाट अध्यक्ष रविन्द्र शाक्य र कुरियर सेवा संघका तर्पmबाट अध्यक्ष अनिल राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?