News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाह ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन न्युयोर्क प्रस्थान गरेका छन्।
- उनी ८ असोजमा महासभामा सम्बोधन गर्ने कार्यक्रम छ।
- भोटेकोशी बाढीबाट भएको जनधन क्षतिपछि उनले जलवायु परिवर्तनको असरबारे राष्ट्रसंघको ध्यानाकर्षण गराउने बताइएको छ।
६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।
उनी केहीबेर अघिमात्रै कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् ।
४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।
उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने बताइएको छ ।
महासभामा भाग लिन यसअघि ४ असोजमा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरिसकेको छ ।
प्रतिक्रिया 4