+
+
Shares

अमेरिका प्रस्थानअघि प्रधानमन्त्रीलाई अर्थमन्त्रीले दिएको पुस्तकमा के छ ?

प्रधानमन्त्री बालेनलाई बिदाइ गर्दा अर्थमन्त्री वाग्लेले एक पुस्तक उपहार दिएका छन् । उक्त पुस्तक पल केनेडीद्वारा लिखित ‘द राइज एन्ड फल अफ ग्रेट पावर्स’ हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते २२:१२

६ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्रीको हैसियतले यो उनको पहिलो विदेश भ्रमण हो ।

अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएका छन् ।

प्रधानमन्त्री बालेनलाई बिदाइ गर्दा अर्थमन्त्री वाग्लेले एक पुस्तक उपहार दिएका छन् । उक्त पुस्तक पल केनेडीद्वारा लिखित ‘द राइज एन्ड फल अफ ग्रेट पावर्स’ हो ।

सन् १९८७ मा प्रकाशित यस पुस्तकले सन् १५०० देखि २० औँ शताब्दीको अन्त्यसम्म विश्वका शक्तिशाली राष्ट्रहरू कसरी उदाए र किन कमजोर हुँदैगए भन्ने विश्लेषण गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?