७ असोज, काठमाडौं । दुबईबाट काठमाडौं आउना साथ विमानस्थलमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३० वर्षीय बिराज तिरुवा छन् । उनी फ्लाई दुबईको विमानमार्फत ५ असोजमा त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।
उनीविरुद्ध ठगीको मुद्दा रहेको र अध्यागमनको कालोसूचीमा रहेको पाइएपछि पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले बताए ।
उनको मुद्दा नवलपरासी रहेकाले उतै पठाइएको प्रहरीले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4