News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रहरी परिसर काठमाडौंले २४ घण्टामा चलाएको स्वीप अपरेशनमा १२१ जना पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा १०५ पुरुष, १५ महिला र १ अन्य छन् ।
- प्रहरीका अनुसार सार्वजनिक सेवा प्रवाहमा दु:ख हैरानी दिने, अभद्र व्यवहार, चोरी, लुटपाट, विचौलिया र गुण्डागर्दी गर्नेहरू पक्राउ परेका हुन् ।
७ असोज, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर १२१ जनालाई पक्राउ गरेको छ ।
२४ घण्टाको अवधिमा काठमाडौंका विभिन्न ठाउँहरूबाट १२१ जना पक्राउ परेका हुन् । जसमा १०५ पुरुष, १५ महिला र १ अन्य छन् ।
अपराध रोकथाम तथा नियन्त्रणका माध्यमद्वारा समााज शान्ति, सुव्यवस्था कायम गर्ने सन्दर्भमा यो अपरेशन चलाएर अवैध गतिविधि गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेहरूमा सार्वजनिक सेवा प्रवाहमा दु:ख हैरानी दिनेदेखि अभद्र व्यवहार गर्ने, चोरी, लुटपाट, विचौलिया, गुण्डागर्दी जस्ता काम गरेकाहरू रहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4