News Summary
Generated by OK AI. Editorially reviewed.- राहुल गान्धीले निर्वाचन आयोग र निर्वाचन अधिकारीहरूले गलत काम गरिरहेको भन्दै भिडियोमार्फत ‘यो देशद्रोह हो’ भनेका छन्।
- इन्डियन एक्सप्रेसको इन्भेस्टिगेटिभ रिपोर्टमा निर्वाचन आयोगका दुई सदस्यले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारसँग धेरै मुद्दामा असहमति जनाएको दाबी गरिएको छ।
- रिपोर्टपछि विपक्षी दलहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेका छन्।
७ असोज, काठमाडौं । लोकसभामा प्रतिपक्षका नेता तथा कंग्रेस सांसद राहुल गान्धीले फेरि एकपटक निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाएका छन्।
उनले निर्वाचन अधिकारीहरूले गलत काम गरिरहेको बताएका छन्। अङ्ग्रेजी पत्रिका इन्डियन एक्सप्रेसले निर्वाचन आयोगमाथि एउटा इन्भेस्टिगेटिभ रिपोर्ट प्रकाशित गरेपछि राहुल गान्धीको यो बयान आएको हो।
उक्त रिपोर्टमा निर्वाचन आयोगका दुई सदस्यले पछिल्ला केही महिनामा धेरै मुद्दाहरूमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारसँग असहमति जनाएको दाबी गरिएको छ।
यो रिपोर्ट सार्वजनिक भएपछि राहुल गान्धीले बुधबार सोसल मिडिया प्लेटफर्महरूमा एउटा भिडियो सार्वजनिक गरेका छन्।
भिडियोमा राहुल गान्धीले भनेका छन्, ‘म निर्वाचन आयोग र निर्वाचन अधिकारीहरूलाई सफासँग भनिरहेको छु कि तपाईंहरूले जे गरिरहनुभएको छ, त्यो गलत गरिरहनुभएको छ। यो देशद्रोह हो।’
उनले अगाडि भनेका छन्, ‘समय आउनेछ…हामी तपाईंहरूलाई समात्नेछौँ। उम्किनेवाला हुनुहुन्न।’
राहुल गान्धीले भिडियोको क्याप्सनमा लेखेका छन्, ‘भोट चोरी भारतीय जनताका विरुद्ध एउटा अपराध हो र हाम्रो संविधानमाथि सीधा हमला हो। यस्तो गराउने बीजेपी, आरएसएस र निर्वाचन आयोगले देशद्रोहको काम गरेका छन्। न्याय हुनेछ।’
इन्भेस्टिगेटिभ रिपोर्ट बाहिर आएपछि धेरै विपक्षी दलहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेका छन्।
प्रतिक्रिया 4