News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा व्यापारिक तथा औद्योगिक लगानीका लागि इजाजत पाएका ८८ विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको छ।
- अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले भिसा रद्द भएको पुष्टि गर्दै निश्कासन प्रक्रिया अघि बढाइएको बताए।
- सिन्धुलीको मरिणमा निर्माणाधीन जियान फुड्स प्रालि परियोजनामा कार्यरत उनीहरूले भिसा उद्देश्य विपरीत अन्य काम गरेको विभागले दाबी गरेको छ।
७ असोज, काठमाडौं । एकै पटक ८८ विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको छ । नेपालमा व्यापारिक तथा औद्योगिक व्यवसाय लगानी गर्ने इजाजत प्राप्त विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको हो ।
अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले भिसा रद्द गरिएको पुष्टि गरे । भिसा रद्द भएकाहरुलाई अब निश्कासनको प्रक्रिया समेत अघि बढाइएको विभागले जनाएको छ ।
भिसा रद्द हुनेहरूमा सिन्धुलीको मरिणमा खोलिएको मासु फ्याक्ट्रीमा काम गर्ने अनुमति लिएकाहरू छन् । छेन्दु ट्यान फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणधीन जियान फुड्स प्रालि –नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टृु चाइना प्रोजेक्ट) मा कार्यरत ८८ विदेशीको भिसा रद्द भएको हो ।
उनीहरुले एउटा कम्पनीको नाममा भिसा लिई भिसा उद्देश्य विपरीत अन्य काम गरेको दाबी विभागले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4