+
+
Shares

नेपाल–फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते २२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साइडलाइनमा परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच भेटवार्ता भएको छ।
  • भाल्टोनेनले नेपालमा हालै आएको बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक तथा समवेदना प्रकट गरिन्।
  • दुवै मन्त्रीले नेपाल–फिनल्यान्ड सम्बन्ध, बहुपक्षीय सहकार्य र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल गरेका छन्।

७ असोज, न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साइडलाइनमा भेटवार्ता भएको छ ।

भेटवार्तामा फिनल्यान्डकी परराष्ट्रमन्त्री भाल्टोनेनले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक तथा समवेदना प्रकट गरिन् ।

दुवै मन्त्रीहरूले नेपाल–फिनल्यान्ड सम्बन्धका विविध पक्षका साथै बहुपक्षीय मञ्चमा सहकार्यका विषयमा विचार आदानप्रदान गरेका थिए ।

साथै, आपसी हितका क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?