+
+
Shares

सुनसरीमा माइक्रोबस दुर्घटना, १२ जना घाइते

बिहीबार बिहान  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नं. को माइक्रोबस आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको कोशी गाउँपालिका–४ मा पूर्व–पश्चिम राजमार्गमा प्रदेश २–००१ ज १५६ नम्बरको माइक्रोबस अनियन्त्रित भई दुर्घटना भएको छ ।
  • बिहीबार बिहान भएको दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् ।
  • घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सप्तकोशी न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

८ असोज, काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व-पश्चिम राजमार्गमा माइक्रोबस दुर्घटनामा परेको छ ।

बिहीबार बिहान  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नं. को माइक्रोबस आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि सप्तकोशी न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?