+
+
Shares

काभ्रेमा यात्रुबाहक बस खोलामा फस्यो, यात्रु सुरक्षित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ११:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाने क्रममा यात्रुबाहक बस खरिबाटे खोलामा फसेको छ ।
  • बस फसेको सूचना पाएपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टिम १० जनासहित घटनास्थल पुगेको थियो ।
  • यात्रुलाई सुरक्षित स्थानमा सारिएको र कुनै मानवीय क्षति नभएको बताइएको छ ।

८ असोज, कठमाडौं । काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाने क्रममा यात्रुबाहक बस खोलामा फसेको छ ।

थानसिंह जाने भित्री सडकखण्डस्थित खरिबोटमा यात्रुबाहक बस खोला तर्ने क्रममा बीचमा फसेको हो ।

बस फसेको सूचना पाएपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेश भकुण्डेबेशीबाट सशस्त्रका असई समुन बुढाथोकीको कमाण्डमा १० जनाको विपद् व्यवस्थापन टिम परिचालन भएको थियो ।

यात्रुलाई सुरक्षित स्थानमा सारिएको र कुनै मानवीय क्षति नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?