+
+
Shares

दशैंमा टीका र आशीर्वाद नपाइएला भन्ने पिर छ, स्वायत्त बोर्ड गठन होस् : विपिन आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १२:२२

८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विधिमा आधारित कर्मचारी सरुवा गर्न स्वायत्त बोर्ड गठन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

‘राजनीतिमा आएपछि मैले भोग्ने एउटा ठूलो प्रेसर भनेको सरुवा–बढुवाको हो । अरु बेला सुशासन र पारदर्शिताका कुरा गर्ने साथीभाइ र इष्टमित्रहरू नै नातावाद र कृपावाद खोज्दै म कहाँ सरुवा बढुवाका लागि आइपुग्नुहुन्छ,’ उनले भने, ‘कतिले त यति जाबो सरुवा गराउन नसक्ने भए त नाथे के नेता ? भनेर घुर्की पनी लगाउनुहुन्छ ।’

आफूले सबैलाई सरुवा बढुवा विधिमै थितिमै भइराखेको बताउने गरेको बताए ।

‘अब भनसुन चल्दैन भनेर भनेको छु । अझ हाम्रो वाचापत्रको आठ नम्बरको बाचा  देखाउँदै सरकारले चाँडै नै स्वायत्त सरुवा बोर्ड मार्फत पूर्वानुमानयोग्य, विधिमा आधारित सरुवा प्रणाली लागू गर्दैछ भनेर पनि भन्छु,’ उनले भनेका छन् ।

यही उल्लेख गर्दै उनले विधिमा आधारित कर्मचारी सरुवा गर्न स्वायत्त बोर्ड गठन गर्न माग गरेका हुन् ।

‘सरकारलाई यो बोर्ड चाँडै गठन गर्न आग्रह छ । होइन भने यो पटकको दशैंमा आफ्नै इष्टमित्रबाट टीका र आशीर्वाद नपाइएला भन्ने पिर छ’ आचार्यले भने, ‘आशीर्वादको साटो उल्टै यसले हाम्रो कामै गरिदिएन भनेर सराप पो पाइने हो कि ! त्यसैले मलाई यो सरापबाट बचाउनु पर्यो सरकार ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?