+
+
Shares

आगामी तीन दिन हावाहुरीको सम्भावना, शनिबार पहाडी भूभागमा पनि प्रभाव पर्ने

महाशाखाले आज दिउँसो दिएको जानकारी अनुसार असोज ८ र ९ गते मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौसम पूर्वानुमान महाशाखाले असोज ८, ९ र १० गते देशका विभिन्न भूभागमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।
  • महाशाखाका अनुसार असोज ८ र ९ गते मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ।
  • असोज १० गते ती प्रदेशका तराईसँगै गण्डकी र लुम्बिनीका पहाडी खोँचहरुमा पनि हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।

८ असोज, काठमाडौं । आगामी तीन दिन देशका विभिन्न भू–भागमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज दिउँसो दिएको जानकारी अनुसार असोज ८ र ९ गते मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

असोज १० गते भने हावाहुरीको सम्भावित क्षेत्र थप विस्तार हुँदै पहाडी भेगमा पनि हावाहुरीको प्रभाव देखिने पूर्वानुमान छ ।

महाशाखाका अनुसार असोज १० गते शनिबार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका खोँचहरुमा पनि हावाहुरीको सम्भावना छ ।

मौसममा यस्तो परिवर्तन देखिएकाले हावाहुरीको सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

असोज ८, ९ र १० गते तीनै दिन वर्षाको पनि सम्भावना रहेकाले जोखिम क्षेत्रमा नजान, सकेसम्म लामो दुरीको यात्रा नगर्न र सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना पछ्याउन मौसमविदहरुले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?