+
+
Shares

भरत दाहाललाई रिहा गर्न सर्वोच्च अदालतको आदेश 

सर्वोच्च अदालतले भरत दाहाललाई थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले भरत दाहाललाई थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको छ ।
  • न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले दाहाललाई थुनामुक्त गर्न आदेश दिएको हो ।
  • आफ्ना बाबु गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै डेनीका दाहाल सर्वोच्च अदालत गएकी थिइन् ।

८ असोज, काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको छ ।

न्यायाधीशहरु कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले दाहाललाई थुनामुक्त गर्न आदेश दिएको हो ।

दाहाल गत आइतबार मोरङको बेलबारीबाट पक्राउ परेका थिए ।

त्रिमूल पार्टीका अध्यक्ष समेत रहेका उनी पछिल्लो समय बालेन शाह नेतृत्वको वर्तमान सरकारविरुद्ध सार्वजनिक रूपमा बोल्दै आएका थिए । दाहाल बेलबारीमा कार्यक्रमका लागि पुगेका बेला पक्राउ परेका थिए ।

आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै डेनीका दाहाल सर्वोच्च अदालत गएकी थिइन् । यसअघि ६ असोजमा सर्वोच्च अदालतले दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?