+
+
Shares

एक अर्बभन्दा बढीको हुण्डी कारोबारको आरोपमा पक्राउ

ती खाताहरूको प्रयोग गरेर एक अर्ब तीन करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ हुण्डीमार्फत कारोबार गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १९:१८

८ असोज, काठमाडौं । प्रहरीले एक अर्ब तीन करोड भन्दा बढी रकम हुण्डी कारोबारमा संलग्न भएको आरोपमा सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी), कोशी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले बिहीबार सुनसरीको धरान उपमहानगरपालिका–५ खैरेनीबाट ती व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धरान–१३ स्थायी घर भएका ज्योति शाही रहेको सीआईबीले जनाएको छ ।

पक्राउ परेका शाहीले अन्य व्यक्तिसँग मिलेर घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा शाही मनी ट्रान्सफर दर्ता गरेर त्यसका नाममा बैंक तथा वित्तीय संस्थामा ५२ वटा खाता खोलेर कारोबार गरिरहेको खुलेको सीआईबीले जनाएको छ ।

ती खाताहरूको प्रयोग गरेर एक अर्ब तीन करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ हुण्डीमार्फत कारोबार गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सो कुरा अनुसन्धानमा देखिएपछि मंगलबार सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर आज दिउँसो ४:४५ बजे पक्राउ परेको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?