+
+
Shares

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

यो समूह सन् २०१० मा स्थापना भएको हो र यसको सहअध्यक्षता फिनल्यान्ड र टर्कीले गर्दै आएका छन् ।

रासस रासस
२०८३ असोज ८ गते २२:१७

८ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा सहभागी भएका छन् ।

संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको उच्चस्तरीय सत्रका अवसरमा आज न्युयोर्कस्थित टर्किस हाउसमा आयोजित मध्यस्थता समूह’ को मन्त्रीस्तरीय प्रभातकालीन बैठकमा मन्त्री खनाल सहभागी भएका हुन् ।

बैठकमा सहभागी मन्त्रीहरूले द्वन्द्व रोकथाम, विवादको शान्तिपूर्ण समाधान तथा अन्तरराष्ट्रिय शान्ति र सुरक्षाका लागि मध्यस्थताको भूमिकाका विषयमा विचार आदानप्रदान गरेका थिए ।

यो समूह सन् २०१० मा स्थापना भएको हो र यसको सहअध्यक्षता फिनल्यान्ड र टर्कीले गर्दै आएका छन् ।

बैठकमा परराष्ट्रमन्त्री खनालले नेपालले द्वन्द्वको शान्तिपूर्ण समाधान, संवाद र मध्यस्थतालाई महत्त्व दिँदैआएको बताएको उनको सचिवालयले जनाएको छ ।

उनले बदलिँदो विश्व परिवेशमा द्वन्द्वको रोकथाम तथा समाधानका लागि संवाद, विश्वास निर्माण र प्रभावकारी मध्यस्थताको आवश्यकता थप महत्त्वपूर्ण बन्दै गएको धारणा राखेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?